
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले निक्षेपकर्ताहरुलाई लक्षित गरी लाभदायी अफर ल्याएको छ ।
व्यक्तिगत मुद्दती खाता भएका ग्राहकलाई जेठ महिनामा लाभदायी अफर ल्याएको बैंकले जनाएको छ ।
बैंकले जेठ महिनामा खुल्ने रेमिट्यान्स व्यक्तिगत मुद्धती खातामा उच्चतम १३ प्रतिशतको वार्षिक ब्याजदर र व्यक्तिगत मुद्धती खातामा १२ प्रतिशत वार्षिक ब्याजदर प्रदान गरेको बैंकले जनाएको छ ।
बैंकमा न्यूनतम ५ हजार रुपैयाँको मुद्धती खाता खोल्न सकिने छ र अवधि भने न्यूनतम ३ महिना देखि १५ वर्षसम्म ग्राहकले रोज्न सक्ने बैंकले जनाएको छ । यस खाताबाट बचत गर्न चाहाने ग्राहकहरुलाई न्यूनतम लगानीमा उच्चतम प्रतिफलको फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4