
१० जेठ, काठमाडौं । सरकारले सबै अस्पतालमा एकीकृत विद्युतीय स्वास्थ्य सूचना प्रणाली लागू गर्ने घोषणा गरेको छ । यो घोषणापछि हरेक अस्पतालमा बिरामी र स्वास्थ्य परीक्षण गर्नेहरुको एकीकृत अभिलेख रहनेछ ।
कतिपय मुलुकहरुमा राष्ट्रिय परिचयपत्रका आधारमा एउटा अस्पतालमा भएको विवरण अरु अस्पतालमा समेत हेर्न र उनको पुरानो स्वास्थ्य अवस्था थाह पाउन मिल्छ ।
सरकारले नीति तथा कार्यक्रममार्फत यस्तो कार्यक्रम घोषणा गरेको हो । घोषणा कार्यान्वयन भए सरकारी, निजी, प्रतिष्ठान लगायत अन्य स्वरुपमा चलेका स्वास्थ्य निकायमा एकीकृत प्रणाली जडान हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4