+
+

नीति तथा कार्यक्रम सपना र गन्तव्यविहीन : योगेश भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १० गते १८:५६

१० जेठ, काठमाडौं । सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता योगेश भट्टराईले सपना र गन्तव्यविहीनको संज्ञा दिएका छन् । संसद भवनमा पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले नीति तथा कार्यक्रममा जनतालाई आशा जगाउन नसक्ने बताए ।

‘नीति तथा कार्यक्रम परम्परागत छ,’ उनले भने, ‘यसमा कुनै नयाँ कुरा, नयाँ सपना र यसमा देशवासीलाई र सिंगो मुलुकलाई अपिल कार्यक्रममा छैन । र, यसले कुनै उत्साह पनि दिएको छैन । यो सपनाविहीन, गन्तव्यविहीन छ ।’

भट्टराईले आसन्न आर्थिक संकटलाई सम्बोधन गर्ने गरी कुनै कार्यक्रम नआएको भन्दै यो सरकार रहेसम्म समयको बर्बादी मात्र हुने टिप्पणी गरे । उनले भने, ‘मुलुकमा ठूलो आर्थिक संकट छ, आउने बर्ष डरलाग्दो आर्थिक संकट सामना गनुपर्ने छ । यो सरकार जति समय बस्छ, त्यति समय मुलुकका लागि समयको बर्बादीबाहेक केही पनि होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?