+

फुटबल टिमको बिदाइ, नवयुग नयाँ कप्तान

२०७९ जेठ  १० गते २२:०४ २०७९ जेठ १० गते २२:०४
फुटबल टिमको बिदाइ, नवयुग नयाँ कप्तान

१० जेठ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी एसियन कप छनोट खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टिमलाई मंगलबार बिदाइ गरेको छ ।

एन्फाले ललितपुरस्थित भिभान्ता होटलमा मंगलबार साँझ एक कार्यक्रम आयोजना गर्दै नेपाली टोलीलाई बिदाइ गरेको हो ।

एसियन कप छनोट यही जेठ अन्तिमा कुवेतमा हुँदैछ । त्यसअघि नेपाली टोलीले कतारमा प्रशिक्षण गर्ने छ र उतैबाट कुवेत जानेछ । खेलाडी-प्रशिक्षकको विवाद अनी एन्फाको निर्वाचनको माहोल तात्दै गर्दा एन्फाले हतारमा बिदाइ कार्यक्रम गरेको हो ।

युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलाडीलाई बिदाइ गरे । नेपाली टोली बुधबार कतार प्रस्थान गर्दैछ ।

राष्ट्रिय टिमका नियमित कप्तान किरण कुमार लिम्बु सहित ११ सिनियर खेलाडीलाई नै बाहिर राखेर मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले यस पटक टोली घोषणा गरिसकेका छन् । जसमा अन्तर्राष्ट्रिय रुपमा अनुभवी खेलाडी थोरै छन् । १० खेलाडीले प्रशिक्षकले बाध्य पारेको भन्दै बन्द प्रशिक्षण छाडेका थिए ।

खेलाडीको साथमा रहेका कप्तान किरण लिम्बु पनि टिममा परेनन् । त्यसैले एन्फाले एसियन कप छनोटका लागि नवयुग श्रेष्ठलाई नयाँ कप्तान बनाएको छ । त्रिभुवन आर्मी फुटबल क्लबबाट खेल्ने फरवार्ड नवयुगले अब नेपाली राष्ट्रिय टोलीको नेतृत्व गर्नेछन् ।

राष्ट्रिय टोलीका कप्तान किरणकुमार लिम्बु, सुजल श्रेष्ठ, रोहित चन्द, अनन्त तामाङ, अन्जन विष्ट, तेज तामाङ, सुमन लामा, विशाल राई, विमल घर्तीमगर, विशाल श्रेष्ठलाई बाहिर राखेका अल्मुताइरीले विकास तामाङ, शिव गुरुङ, निरकुमार राई र रोशन रानामगरले पहिलोपल्ट राष्ट्रिय टोलीमा अवसर पाएका छन् ।

नेपाल रहेको समूह ए मा जोर्डन, कुवेत र इण्डोनेसिया छन् । नेपालले जेठ २५ गते जोर्डन, जेठ २८ गते कुवेत र ३१ गते इण्डोनेसियासँग खेल्दैछ ।

नेपाली टोली

गोलरक्षक : दीप कार्की, विशाल सुनार, टिकेन्द्र सिंह थापा

डिफेण्डर : विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ र सुमन अर्याल मिडफिल्डर : आकाश बुढामगर, एरिक विष्ट, निरकुमार राई, पुजन उपर्कोटी, रोशन रानामगर, सन्तोष तामाङ, शेशेहाङ आङदेम्बे, सुनील वल र सुरज ज्यू ठकुरी

फरवार्ड : आयुश घलान, दर्शन गुरुङ, जर्जप्रिन्स कार्की, मनिष डाँगी र नवयुग श्रेष्ठफी

फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय