
११ जेठ, काठमाडौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उपभोक्ता संरक्षण परिषद् सदस्यमा उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनालाई नियुक्त गरेको छ ।
उपभोक्ता अधिकार संरक्षण तथा कार्यान्वयन गर्ने विषयमा नीति निर्माण र योजना तर्जुमा गर्ने केन्द्रीय समितिमा रिक्त पदमा मन्त्रालयले उनलाई नियुक्त गरेको हो ।
उद्योग मन्त्री अध्यक्ष रहने समितिमा ७ वटा प्रमुख मन्त्रालयका सचिवहरु सदस्य रहन्छन् । यस्तै व्यावसायिक प्रतिष्ठानका सदस्याहरु पनि प्रतिनिधि हुन्छ । तिमिल्सिना उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष हुन् । विगत १५ वर्ष देखि उनी उपभोक्ता अधिकारको पक्षमा वकालत गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4