
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा बाराको जितपुरस्थित ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीमा उपलब्ध हुने सेवाहरुमा बैंकका ग्राहकहरुले क्रमशः ७ प्रतिशत तथा १० प्रतिशतसम्मको छुट उपलब्ध हुनेछ ।
बैंक अफ काठमाण्डूले ९७ शाखा कार्यालयहरु, ८८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट ग्राहकहरुलाई बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4