+
+

कालीकोटबाट नेपालगञ्ज आउँदै गरेको बस दैलेखमा दुर्घटना

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ११ गते २१:३४

११ जेठ,  दैलेख । दैलेखमा बस दुर्घटना भएको छ । कालीकोटबाट सुर्खेत हुँदै नेपालगञ्ज आउँदै गरेको म१ख ६६० नम्बरको बस आठबीस नगरपालिका-२ स्थित सिस्नेमा दुर्घटना भएको हो ।

बस दुर्घटनामा केहीको हताहती भएको हुनसक्ने निर्वतमान मेयर खड्गराज उपाध्यायले जानकारी दिए । उनका अनुसार घटनास्थलमा ४ जना अचेत अवस्थामा भेटिएका छन् ।

बस यात्रुले खचाखच भरिएको छ । प्रहरीका अनुसार बसमा ५०/६० जना सवार छन् ।

बस दुर्घटनाको खबर पाएपछि प्रहरी टोली घटनास्थलमा जाँदै गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख, डीएसपी भुबनेश्वर प्रसाद साहले बताए ।

बस सडकबाट करिब ५० मिटर तल खसेको छ । थप विवरण आउन बाँकी छ ।

-तीर्थ भण्डारीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?