
१२ जेठ, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवारलाई पछि पार्दै नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ ।
१० हजार ५१४ मत गन्दा एकीकृत समाजवादीका बलदेव चौधरीले कांग्रेसका वसन्त बस्नतेलाई १४८ मतले पछि पारेका छन् । चौधरीले ३ हजार ४७२ मत पाएका छन् । दोस्रो स्थानमा पुगेका कांग्रेसका बस्नेतले ३ हजार ३२४ मत पाएका छन् भने एमालेको भागवत राउत २ हजार ३६१ मतका साथ तेस्रो स्थानमा छन् ।
उपप्रमुखमा भने कांग्रेसकी सरिता राईको अग्रता कायम छ । उनको ३०४२ मत रहेको छ । निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी गिता खड्का कार्कीको २ हजार ८५७ मत छ । तेस्रो स्थानमा नेकपा एमालेकी महेश्वरी राईको २ हजार ६१३ मत रहेको छ ।
हालसम्म पाँचवटा वडाको मतगणना सकिएको छ । ३ वटा वडा माओवादी केन्द्रले जितेको छ भने एकवटा कांग्रेस र एकवटा एमालेले जितेको छ ।
वडा नं. १६, १५ र १४ मा माओवादी केन्द्रले जितेको छ भने वडा नं. १ मा कांग्रेस र वडा नं. २ मा एमालेले वडाध्यक्ष जितेको हो ।
१६ नं. वडाध्यक्षमा मानबहादुर राई, १५ मा गणेशप्रसाद तिम्सिना, १४ मा हिमराज मगर, वडा नं. १ मा मनोजकुमार चौधरी र वडा नं. २ मा घमानसिंह खत्रीले विजय हासिल गरेका छन् ।
प्रतिक्रिया 4