
१२ जेठ, काठमाडौं । सामाजिक विभेदका कारण स्वास्थ्य बीमा गर्न एचआईभी संक्रमितहरुलाई समस्या रहेको एक कार्यक्रमका वक्ताहरुले गुनासो गरेका छन् ।
सामाजिक विभेद् हुने डरले घर परिवारमा समेत खुल्न नसक्दा संक्रमितहरुलाई स्वास्थ्य बीमा गर्न समस्या देखिएको उनीहरुको गुनासो छ ।
रिकभरिङ नेपालले बागमती प्रदेशको चितवनमा आयोजना गरेको कार्यक्रममा सहभागीहरुले संक्रमितहरु विभेदमा परेका कारण वा पर्ने डरेले सम्बन्धित जिल्लाबाट सिफारिस ल्याउन नसक्दा स्वास्थ्य बीमा कार्यक्रमबाट बन्चित हुनु परेको गुनासो गरे ।
कार्यक्रममा सहभागी देव श्रेष्ठले विगतकोभन्दा अहिले केही खुल्न थाले पनि अझै ठूलो संख्यामा लुकेरै बस्न बाध्य भएको बताए ।
‘घर परिवारबाट टाढा बसेका संक्रमितहरु बीमाका लागि सिफारिस लिन गाउँ जानुपरेको छ, जुन कुरा उनीहरुमा सम्भव देखिएको छैन । यसलाई राज्यले कुनै पनि कोणबाट सम्बोधन गर्नुपर्छ’ उनले भने ।
चितवन सक्रिय महिला प्रतिष्ठानकी प्रतिनिधि कोपिला भण्डारीले पनि चितवनमा संक्रमितहरु अझै चरम विभेद्मा परेको बताइन् ।
‘संस्थाले माइग्रेनमा केन्द्रित भएर काम गर्दै आएको छ । संस्थाले आर्थिक अवस्था कमजोर भएका संक्रमितहरुको उपचार खर्च समेत बेहोर्दै आएको छ । तर, कतिपय संक्रमित परिवारको डरले खुल्न नसक्दा यस्ता संस्थाहरुलाई समेत सेवा दिन निकै कठिन भएको छ’ उनले भनिन् ।
प्रतिक्रिया 4