
१२ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल भारत प्रबुद्ध समूह (ईपीजी)को प्रतिवेदन बुझेर सार्जजनिक गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्न नमाने एकतर्फी रुपमा भए पनि बुझेर ईपीजी प्रतिवेदन सार्वजनिक गर्न देउवालाई ओलीले आग्रह गरेका हुन् ।
बिहीबार प्रतिनिधिसभामा आफ्नो धारणा राख्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले उक्त प्रतिवेदन नेपाल वा भारत जुन देशको प्रधानमन्त्रीले पहिले बुझे पनि हुने बताए ।
‘म प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु, एउटा प्रधानमन्त्रीले पहिले बुझ्नुप्यो । प्रधानन्त्रीजीले बुझ्नु्स् । दुबै तर्फको प्रतिवेदनको सहमतिको प्रतिवेदन हो त्यो । निजी ढंगले कसैले अध्ययन गरेका विषय होइन । भारतले बुझ्दैन भनेर हुन्न’ उनले भने ।
नेपाल र भारतबीचका विभिन्न समस्या समाधानका लागि दुई देशको प्रधानमन्त्रीस्तरको सहमतिमा बनेको प्रवुद्ध व्यक्ति समूहले दुई वर्ष भन्दा बढी काम गरेर प्रतिवेदन तयार पारेको छ । तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिवेदन बुझ्न समय नदिँदा अहिलेसम्म सार्वजनिक भएको छैन ।
प्रतिक्रिया 4