
१३ जेठ, सल्यान। सल्यानमा यात्रुवहाक बस दुर्घटनामा हुँदा सात जान घाइते भएका छन् ।
सल्यानको बागचौर नगरपालिका-९ पातिहाल्नाबाट दाङका लागि छुटेको ना ३ ख ३८८४ नम्बरको यात्रु बस बागचौर नगरपालिका- २ शारदा खोलामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा परेर घाइते भएका सात जना मध्ये ४ लाई थप उपचारका लागि जिल्ला बाहिर रुफर गरिएको छ । तीन जनाको अवस्था भने सामान्य भएको उनीहरुको थारमारे स्थित जनप्रिय अस्पतालमा उपचार भइरहेको छ ।
बस दुर्घटना भएको ठाउँमा टिप्पर दुर्घटना भएको थियो। बाटो साँघुरो देखेपछि बसका चालक गाडीलाई रोकेर बाहिर निस्केको बेला बस गुडेर तल खसेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4