
१३ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलाले नेपालको विकासमा दूरगामी असर पार्ने टिप्पणी गरेका छन् ।
पूर्वप्रधानमन्त्री भट्टराईले सो विमानस्थलको विकल्प नरहेको तर्क समेत गरे । शुक्रबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले वीरगंजलाई काठमाडौंसँग जोड्ने सबैभन्दा भरपर्दो विमानस्थल निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नै भएको बताए ।
‘अहिले जुन घटना घटेको छ, यो घटनाले हाम्रो विकासलाई ठूलो दूरगामी असर गर्छ भन्ने हो’ उनले भने ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आन्तरिक पर्यटक पनि धान्न नसक्ने अवस्था भएकाले पनि आफू प्रधानमन्त्री भएका बेला सो परियोजनालाई राष्ट्रिय गौरवको परियोजनाको रुपमा अघि बढाएको पनि भट्टराईले स्मरण गरे ।
उनले नेपालको न्यायालय र प्रशासन संयन्त्र विकासमैत्री नभएको पनि दोहोर्याए ।
प्रतिक्रिया 4