+
+

चन्द्रनगरका अध्यक्षको निर्णय : २० वर्ष पुगेका छोरीको विहेमा ५० हजार सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १३ गते १८:४६

१३ जेठ, जनकपुरधाम । सर्लाहीको चन्द्रनगर  गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष राजकुमार महतोले १२ कक्षा उत्तीर्ण र २० वर्ष उमेर पुगेका छोरीको बिवाहमा सहयोग गर्ने पहिलो निर्णय गरेका छन् ।

अध्यक्ष महतोले शुक्रबार पदभार ग्रहण गर्दै  गाउँपालिकामा रहेको छोरीहरुले उच्च शिक्षा पूरा गरि २० वर्ष पारी बिवाह गर्ने छोरीलाई सम्मान स्वरुप ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेका हुन् ।

गाउँपालिकामा प्रत्येक वर्ष ५०% भन्दा बढी हुने बालबिवाह, २०% भन्दा बढी कम उमेरमा गर्ने भागी बिवाहलाई निरुत्साहित गर्न यस्तो निर्णय गरिएको अध्यक्ष महतोले बताए ।

यो निर्णयले छोरीले कम्तीमा उच्च शिक्षा हासिल गर्ने, उमेर पुगेपछि मात्र बिवाह गर्ने र छोरीलाई बोझ मान्ने प्रवृत्तिमा कमि आउने उनले विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?