
१३ जेठ, बुटवल । तिलोत्तमा नगरपालिकाका नव निर्वाचित मेयर रामकृष्ण खाँणले पदभार ग्रहण गरेका छन् ।
चुनावी घोषणापत्रमा नगरपालिकाको प्रशासनिक भवनलाई नगर अस्पताल बनाउने घोषणा गरेका खाँणले सोही भवनको निवर्तमान मेयर बासुदेव घिमिरेले प्रयोग गरेको कार्यकक्षमा पदभार ग्रहण गरेका हुन् ।
उनले सामुदायिक विद्यालयका कक्षा ५ सम्मका विद्यार्थीलाई दिइने दिवा खाजामा प्रति विद्यार्थी १० रुपैयाँ थपेर दिने पहिलो निर्णय गरेका छन् ।
हाल संघीय सरकारले दिवा खाजा वापत प्रति विद्यार्थी १५ रुपैयाँ अनुदान दिंदै आएको छ । ‘संघीय सरकारले दिने दिवा खाजाको रकम अलि कम भएकाले १० रुपैयाँ नगरपालिकाको वजेटबाट थपेर २५ पु¥याउने निर्णय गरेका हौं,’ मेयर खाँणले भने, ‘यसले विद्यार्थीको शिक्षा र स्वास्थ्य दुबै पक्षलाई सहयोग गर्नेछ ।’
शुक्रबार नै उपमेयर जगेश्वरी चौधरीले पनि पदभार ग्रहण गरेकी छन् ।
प्रतिक्रिया 4