
१४ जेठ, उदयपुर । त्रियुगा नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसले २ हजार भन्दा धेरै मतले अग्रता कायम गरेको छ ।
यतिबेला सर्बसाधारणको ध्यान भने उपप्रमुखतर्फ खिचिएको छ । उपप्रमुखमा कांग्रेसको अग्रतालाई एमालेले फराकिलो मतअन्तरलाई थोरै अंकमा खुम्च्याउनुले चासोपूर्णरुपले हेरिएको हो ।
अबको मत अन्तर ३२ मात्र छ । सुरुमा तेस्रो स्थानमा रहेको एमालेले गठबन्धनलाई उछिन्दै दोस्रो स्थानमा मात्र आएन फराकिलो मत अन्तर खुम्च्याउदै अग्रतामा पुग्ने संकेत नै देखाएको छ ।
यो समाचार तयार पार्दासम्म कांग्रेसकी उपप्रमुख सरिता राईको ९ हजार ९९ मत छ । पछिल्लो मतगणनामा वडा नं. ६, ७, ८ र ९ को मतले एमाले उपप्रमुख अगाडी बढ्दै जाँदा कांग्रेसको उपप्रमुख अग्रतालाई धरापमा पारेको छ । मतअन्तर पुगेर अग्रतामा जानसक्ने संकते देखिएको एमालेकी उपप्रमुख महेश्वरी राईको ९ हजार ६७ मत रहेको छ ।
हाल तेस्रो स्थानमा रहेकी नेकपा (माओवादी केन्द्र) की गिता खड्का कार्कीको ५ हजार ४९५ मत रहेको छ । अब गन्न बाँकी मत १० हजार ६०४ छ ।
प्रमुख पदमा कांग्रेसको वसन्त बस्नेतको १० हजार ३१२, एमालेको भागवत राउतको ८ हजार २४२ र नेकपा एकीकृत समाजवादीका वलदेव चौधरीको ७ हजार १८८ मत छ ।
वडा नं. ६ र ७ को गणना अन्ततिर छ भने ८ र ९ को मध्यतिर छ । वडा नं. १०, ११ र १२ गन्न बाँकी छ । अन्य वडाहरु गणना भइसकेका छन् । १६ वडा रहेको त्रियुगामा ४० हजार १७९ मत खसेको थियो ।
प्रतिक्रिया 4