
काठमाडौं । अदिती बुढाथोकी र धिरज मगर अभिनित फिल्म ‘बाबरी’को आधिकारिक टिजर रिलिज भएको छ । १ मिनेट २० सेकेण्ड लामो टिजरमा धिरजले अदितीलाई फकाउँदै गरेको देख्न सकिन्छ । फिल्ममा अर्का मुख्य कलाकार धिरज नाडकर पनि अटाएका छन् ।
त्रिकोणात्मक प्रेमकथामा आधारित यो फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । ‘बाबरी’ आगामी भदौ ३१ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा बादल भट्ट, कमणमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला गुरुङ, दिलीप गुरुङ लगायतका कलाकारले पनि अभिनय गरेका गरेका छन् ।
बाबरी फिल्मको प्रस्तुति र सुष्मा प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्मका निर्माता गणेश बुढाथोकी पुष्पलता बुढाथोकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4