
१५ जेठ, काठमाडौं । पोखराबाट तेस्रो उडानमा रहेको तारा एयरको जहाज पोखराबाट उडेर लेतेपास नजिक पुगेपछि सम्पर्कबिहिन भएको खुलेको छ ।
पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीका अनुसार लेते पाससम्म पुग्दा पोखरा विमानस्थलको टावरसँग सम्पर्कमा रहेको जहाज त्यसपछि जोमसोमको टावरसँग सम्पर्कमा आउनु पर्ने थियो । तर त्यसपछि सम्पर्कमा आएको देखिएन ।
उनका अनुसार अहिले जोमसोममा रहेको प्रभु हेलिकोप्टरको जहाज जोखिमा उडेको छ । मौसम सामान्य नै देखिएको रिर्पोटिङ आएको उनले अनलाइनखबरलाई जानकारी दिए ।
उनका अनुसार यो जहाज आइतबार विहान तेस्रो उडानका क्रममा रहेको थियो । मौसम सामान्य रहेका कारण अघिल्ला उडानहरू सहजै भएको उनले बताए ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4