
१५ जेठ, काठमाडौं । सरकारले प्रधानमन्त्री नेपाली उत्पादन एवं उपभोग अभिवृद्धि कार्यक्रम घोषणा गरेको छ ।
अर्थमन्त्री जनादर्न शर्माले आइतबार संसदमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा उत्पादनमा वृद्धि, मुलुकको विकास र सम्वृद्धि अभियान दशक घोषणा गरिएको छ ।
यसअनुसार नेपाली उत्पादनको वृद्धि, रोजगारी सृजना र व्यापार अभिवृद्धिका लागि प्रधानमन्त्री नेपाली उत्पादन एवं उपभोग अभिवृद्धि कार्यक्रम घोषणा गरिएको छ । यो कार्यक्रमका लागि ३ अर्ब ४५ करोड बजेट विनियोजन गरिएको छ ।
कार्यक्रममा सरकारी तथा सार्वजनिक निकायमा स्वदेशी उत्पादन प्रयोग गर्नुपर्ने व्यवस्था मिलाइने उल्लेख छ । उद्योग सञ्चालनका लागि मेसिनरी तथा कच्चा पदार्थ ल्याउँदा अनुदान दिइने समेत बजेटमा उल्लेख छ ।
स्वदेशी उत्पादनको प्रयोग बढाउन ‘आफ्नै उत्पादन आफ्नै उपभोग’ कार्यक्रम सञ्चालन गर्ने घोषणा पनि भएको छ ।
उत्पादन बढाउन सहुलियत लिने र वस्तु तथा सेवा प्रविधि निवर्यात गर्नेलाई थप प्रोत्साहनत दिने आगामी आर्थिक वर्षको बजेटमा उल्लेख छ ।
वैदेशकि रोजगारीबट फर्किएकालाई कर्जा उपलब्ध गराउन ‘च्यालेन्ज फन्ड’ बनाउने घोषणा पनि भएको छ ।
प्रतिक्रिया 4