+
+

प्रत्येक वर्ष २ लाखलाई रोजगारी दिने घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १५ गते १७:१८

जेठ १५, काठमाडौं । सरकारले प्रत्येक वर्ष २ लाख सुचिकृत बेरोजगारलाई रोजगारी दिने बताएको छ ।

आगामी आर्थिक वर्षको बजेट भाषण प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रत्येक वर्ष स्थानीय पालिकाको रोजगार सेवा केन्द्रमा सुचीकृत २ लाख बेरोजगारलाई रोजगार दिइने बताएका हुन् ।

यस्तै प्र्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिवर्तन गरिने उनले बताए ।

स्थानीय तहको सहकार्यमा खेतियोग्य बाँझो जमिन पहिचान गरी रोजगार केन्द्रमा सूचीकृत बेरोजगारलाई कृषि उत्पादनमा केन्द्रित रोजगारी प्रदान गरिने छ ।

सरकारले सबै बेरोजगारको सीप, योग्यताको तथ्यांक संकलन गर्ने घोषणासमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?