
१५ जेठ, काठमाडौं । सरकारले दोलखामा निर्माण गर्ने भनेको फिल्म सिटी निजी-सार्वजनिक साझेदारीमा निर्माण गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माका अनुसार आगामी आर्थिक वर्षमा फिल्म सिटी निर्माणको काम अगाडि बढ्नेछ ।
यसैगरी, काभ्रेको बनेपामा सुविधासम्पन्न इन्डोर स्टुडियो बनाउने घोषणा भएको छ । फिल्म तथा गीतसंगीतका सर्जकलाई सम्मान गर्ने पनि बजेट वक्तव्यमा उल्लेख छ । अघिल्ला सरकारका बजेटमा पनि दोलखामा फिल्म सिटी र काभ्रेमा इन्डोर फिल्म स्टुडियो निर्माणमा बजेट विनियोजन भएको थियो ।
यसैगरी पत्रकारको दुर्घटना बीमालाई निरन्तरता दिइएको छ भने लोककल्याणकारी विज्ञापन अब अनलाइन सञ्चारमाध्यमले समेत पाउने भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4