
१५ जेठ, काठमाडौं । सरकारले काठमाडौं उपत्यका र ठुला शहरहरुमा उद्धार केन्द्रसहितको पार्क बनाउने भएको छ ।
बजेट बक्तव्य मार्फत सरकारले प्राकृतिक विपद्को समयमा उद्धार तथा राहत कार्यक्रममा समेत उपयोग हुनेगरी काठमाडौं उपत्यकाका चार स्थानहरु लैनचौर, बानेश्वर, मिनभवन र पुल्चोकमा उद्धार केन्द्रसहित पार्क निर्माण गरिने व्यवस्था मिलाउने घोषणा गरेको हो ।
यस्तै सात प्रदेशका घनाबस्ती भएका ठुला शहरहरुमा उद्धार केन्द्रसहितको पार्क निर्माण गर्न बजेट विनियोजन गरिएको अर्थमन्त्री जनार्दन शर्माले वाचन गरेको बजेट वक्तव्यमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4