१६ जेठ, काठमाडौं । नेपाली बक्सर म्याक्स बस्नेत जीबीएफ अन्तरमहादेशीय च्याम्पियनसिपका लागि छनोट भएका छन् । उक्त च्याम्पियनसिप आगामी १५ जून २०२३ मा युरोपमा आयोजना हुँदैछ।
१४औं पटक राष्ट्रिय च्याम्पियन बनेका नेपाली बक्सर म्याक्स बस्नेतले स्पेनमा पहिलो खेल जितेका छन् ।
शनिबार स्पेनिस बक्सर जुआन रामोनलाई पराजित गर्दै नेपालले जित हासिल गरेको नेपाल प्रोफेशनल बक्सिङ्ग कमिसनले जनाएको छ ।
स्पेनमा भएको एलएलइआइडीए इयू च्याम्पियनसिपमा कमिसनबाटै प्रतिनिधित्व गर्दे ८५ किलो तौल समूहमा बस्नेतले रामोनसँग प्रतिस्पर्धा गरेका हुन् ।
जितसँगै नेपालको झण्डासमेत फहराइएको थियो । कमिसनले यो जित नेपालको लागि उपलब्धि भएको जनाएको छ ।
प्रतिक्रिया 4