
खासगरी युवापुस्ता तथा सेलिब्रेटीहरूबीच निकै लोकप्रिय सोसल मिडिया प्लाटफर्म इन्स्टाग्रामले यसको स्टोरीज फिचरमा विभिन्न वेबलिंक जोड्न सक्ने सुविधा प्रयोगकर्ताहरूलाई प्रदान गरेको छ ।
बिजनेस अकाउन्ट होस् वा आम प्रयोगकर्ताको सामान्य इन्स्टाग्राम अकाउन्ट नै किन नहोस्, तपाईंको इन्स्टाग्राममा फलोअर्सको संख्या थोरै भएता पनि तपाईंले आफूले राख्ने इन्स्टाग्राम स्टोरीमा लिंक थप्न सक्नुहुन्छ ।
यो सुविधा यसअघि १० हजारभन्दा धेरै फलोअर्स हुनेहरूका लागि मात्र उपलब्ध थियो । इन्स्टाग्राममा रहेको स्वाइप अप नामक उक्त फिचरले विभिन्न ब्राण्ड तथा सेलिब्रेटीहरूलाई आफ्ना इन्स्टाग्राम स्टोरीजमा लिंक थप्ने सुविधा दिन्थ्यो जसबाट उनीहरूले थप फलोअर्स आकर्षित गर्न सक्दथे । सोही फिचरलाई प्रतिस्थापन गर्दै इन्स्टाग्रामले लिंक स्टिकर फिचर ल्याएको हो, जसले प्रयोगकर्ताले आफ्नो इन्स्टाग्राम स्टोरीमा बाहिरी लिंक जोड्न सक्दछन् ।
इन्स्टाग्राम स्टोरीजमा लिंक कसरी थप्ने ?
· इन्स्टाग्राम एपमा रहेको प्लस चिह्न थिच्नुहोस्
· त्यसपछि Story अप्सन छान्नुहोस्
· तस्वीर खिचेर वा मोबाइलमा भएको तस्वीर छानेर इन्स्टाग्राम स्टोरीजको रुपमा अपलोड गर्नुहोस्।
· नेभिगेसन बारमा रहेको स्टिकर टूल छान्नुहोस्
· इन्स्टाग्राम स्टोरीमा स्टिकर ट्रे मा रहेको लिंक स्टिकर छनोट गर्नुहोस्
· लिंक प्यानलमा आफुले चाहेको लिंक पेस्ट गर्नुहोस् । लिंक स्टिकरमा थिचेर अक्षरको रङ परिवर्तन गर्न सकिन्छ भने आकार पनि घटबढ गराउन सकिन्छ ।
एजेन्सी
प्रतिक्रिया 4