
१६ जेठ, काठमाडौं । सरकारले नयाँ बजेटमार्फत अन्तशुल्कमा वृद्धि गरेपछि खैनी, गुट्खा र हुक्का फ्लेवरको खुद्रा मूल्य महँगो हुने भएको छ । अर्थ मन्त्रालयले सोमबारबट लागू हुने गरी जर्दा, खैनी, गुट्खा ,चुना मिलाई खाने सुर्ती, सुर्तीको धुलो र हुक्का फ्लेवरको अन्तशुल्क वृद्धि गरेको हो ।
जसअनुसार खैनी र गुट्खामा प्रतिकिलो मूल्य ८१२ रुपैयाँबाट अन्तशुल्क बढेर ८२१ रुपैयाँ पुगेको छ । यस्तै चुना मिलाएर खाने खैनी सुर्तीको अन्तशुल्क ४१८ रुपैयाँ प्रतिकिलोबाट बढाएर ४६० रुपैयाँ पुर्याइएको छ भने सुर्तीको धुलोको अन्तशुल्क पनि ४१८ रुपैयाँ किलोबाट बढाएर ४६० रुपैयाँ नै बनाइएको छ ।
यस्तै किलोमा १ हजार २ सय रुपैयाँ अन्तशुल्क लाग्ने हुक्का फ्लेवरको मूल्य २ सय रुपैयाँ थप गरेर १ हजार ४ सय रुपैयाँ पुर्याइएको छ । अन्तशुल्कमा भएको वृद्धिसँगै अब यी वस्तुको बजार खुद्रा बिक्री मूल्य महँगो हुनेछ ।
प्रतिक्रिया 4