
१६ जेठ, उदयपुर । त्रियुगा नगरपालिका वडा नं. १० को वडाध्यक्षमा दुई उम्मेद्वारको बराबर मत आएपछि गोलाप्रथा गरि अध्यक्ष चयन गरिएको छ ।
वडाध्यक्षका उम्मेद्वारद्वय नेकपा एमालेका किरण पाण्डे र नेपाली कांग्रेसका प्रकाश खड्काको समान १ हजार ५३ मत आएको थियो ।
त्यसपछि गोलाप्रथा गर्दा पाण्डे विजयी भएका हुन् ।
बाँकी ४ वडा सदस्यमा एमालेका उमेदवार विजयी भए पनि वडाध्यक्षमा बराबर मत आएको थियो ।
त्रियुगामा मेयरमा भने नेपाली कांग्रेसका वसन्त बस्नेत र उपमेयरमा नेकपा एमालेका महेश्वरी राई विजयी भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4