
काठमाडौं । नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौंदेखि भोटेचौरसम्मको एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।
१४ जेठमा आयोजना भएको उक्त राइड काठमाडौंको महालक्ष्मीस्थानस्थित टीभीएसको युनिराइड शोरुमबाट सुरु भएर भोटेचौर हेवन हिल रिसोर्टमा पुगेर सम्पन्न भएको छ ।
टीभीएस एनटर्कका राइडरहरुबीच आत्मीयता बढाउन तथा ग्राहक र कम्पनी बीचको सम्बन्ध थप प्रगाढ बनाउन राइड सफल भएको जगदम्बा मोटर्सको मार्केटिङ नायब कार्यकारी प्रमुख बिक्रम पौडेलले जानकारी दिए ।
सरकारको अनुमति लिएर सञ्चालन भएको राइडमा विभिन्न सडक सुरक्षाको जानकारीका साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी प्राविधिक टिमले दिएको कम्पनीले जनाएको छ ।
नेपालमा टीभीएस एनटर्क ५० हजार बिक्रीलाई निरन्तरता दिंदै यो राइड आयोजना गरिएको कम्पनीको भनाइ छ ।
राइडमा सहभागीहरुबीच विभिन्न मनोरञ्जनात्मक खेलहरु खेलाइएको थियो भने खेलका विजेतालाई आकर्षक पुरस्कारहरु समेत वितरण गरिएको थियो ।
राइडमा टीभीएस एनटर्कका ७० जना राइडरहरुका साथै मोटो भ्लगरहरु राजकुमार थापा मगर, अलिशा खड्की, ठकुरी भ्लग, आशिष भ्लग लगायतको समेत उपस्थिति रहेको पौडेलले जानकारी दिए ।
प्रतिक्रिया 4