+

यू–१९ महिला विश्वकप छनोट खेल्ने नेपाली टोलीको विदाई

२०७९ जेठ  १७ गते १८:१८ २०७९ जेठ १७ गते १८:१८
यू–१९ महिला विश्वकप छनोट खेल्ने नेपाली टोलीको विदाई

१७ जेठ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट खेल्न जाने नेपाली टोलीलाई मंगलबार विदाई गरेको छ ।

नेपाली टोली बुधबार मलेसिया प्रस्थान गर्नेछ । मलेसियाको क्वालालम्पुरमा जेठ २० देखि २६ सम्म छनोट प्रतियोगिता हुँदैछ ।

१४ जना खेलाडी र प्रशिक्षक महेश रिजालसहित चारजना अफिसियललाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ललगायतले विदाई गरेका हुन् । टिमको सहायक प्रशिक्षक रिजन प्रजु, म्यानेजर माया ज्ञवाली र फिजियोका रुपमा नेहा शाह नेपाली टिमसँगै हुनेछन् ।

आईसीसीले पहिलोपल्ट आयोजना गर्न लागेको महिला यू–१९ विश्वकप सन् २०२३ को जनवरीमा दक्षिण अफ्रिकामा हुनेछ । एसिया छनोट प्रतियोगिताको विजेता टोलीले विश्वकप खेल्न पाउनेछ ।

एसिया छनोटमा नेपालसँगै भुटान, मलेसिया, कतार, युएई र थाइल्याण्ड छन् । नेपालले आफ्नो पहिलो खेल जेठ २० मा कतारसँग खेल्नेछ । जेठ २१ गते युएई, २३ गते भुटान, २४ गते थाइल्याण्ड र २६ गते आयोजक मलेसियासँग खेल्दैछ । राउण्ड रोविन प्रणालीमा हुने प्रतियोगिताको शीर्ष टोली विश्वकपका लागि छानिनेछ । नेपाली टाेली करिव एक महिनादेखि प्रशिक्षणरत छ ।

तस्वीरः चन्द्र आले/अनलाइनखबर

नेपाली टिमः कृतिका मरासिनी (कप्तान), स्नेहा महरा (उपकप्तान), शृष्टी जैसी, मनिषा उपाध्याय, मनिषा रानामगर, एलिशा यादव, सना प्रवीण, रञ्जु श्रेष्ठ, आश्मा पुलामी मगर, सानु राजवंशी, किरण कुँवर, अन्जली विक, अनु कठायत र सुस्मिता भुसाल ।

यू-१९ महिला राष्ट्रिय क्रिकेट विश्वकप छनाेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय