
काठमाडौं । सिभिल बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सचिनजंग रायमाझी नियुक्त भएका छन् । बैंकको प्रमुख कर्जा अधिकृतका रुपमा कार्य सम्पादन गर्दै आएका रायमाझीलाई सोमबार बसेको सञ्चालक समितिको बैठकले १८ जेठदेखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
नेपाल बंगलादेश बैंकबाट बैंकिङ सेवा सुरु गरेका रायमाझीले नेपाल राष्ट्र बैंक लगायत विभिन्न बैंक (एनसीसी बैंक, मेगा बैंक र प्रभू बैंक) मा गरी कुल २१ वर्षको बैंकिङ क्षेत्रमा काम गरेको अनुभव रहेको छ ।
विगत साढे चार वर्षदेखि सिभिल बैंकको प्रमुख कर्जा अधिकृत तथा प्रमुख सञ्चालन अधिकृतको समेत भूमिका निर्वाह गरिसकेका उनले नायव प्रमुख कार्यकारी अधिकृतको भूमिका समेत सफलता पूर्वक निर्वाह गरी बैंकलाई थप उचाइमा पुर्याउनेमा बैंकले विश्वास लिएको छ ।
सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले रायमाझीले बैंकमा पुर्याएको योगदानको उच्चकदर गर्दै बैंकको सञ्चालक समितिले नायव प्रमुख कार्यकारी अधिकृतको कार्यभार सुम्पिएकोमा खुशी व्यक्त गरे ।
प्रतिक्रिया 4