
काठमाडौं । कुमारी बैंक लिमिटेडले १० वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत व्याजदर भएको ‘केवीएल डिवेन्चर २०८९’ ऋणपत्र बिक्रीका लागि सिद्धार्थ क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ ।
सम्झौता पत्रमा कुमारी बैंकका प्रमुख बजार व्यवस्थापन नवीनमुनि बज्राचार्य र सिद्धार्थ क्यापिटलका तर्फबाट प्रमुख सञ्चालन अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका छन् ।
बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको उक्त ऋणपत्र प्रति कित्ता अंकित मूल्य १ हजारको दरले ३० लाख कित्ता गरी ३ अर्ब बराबरको ऋणपत्र बैंकले निष्काशन गर्ने सम्बन्धमा सम्झौता भएको हो ।
नेपाली वित्तिय क्षेत्रमा हालसम्मकै उच्चतम व्याजदर दिने मध्येमा सो ऋणपत्र पर्ने बैंकको दाबी छ । वर्तमान वित्तीय बजारमा उच्चतम प्रतिफल सहितको यस ऋणपत्रबाट खरिदकर्ताहरुले आगामी दशककै राम्रो प्रतिफल प्राप्त गर्न सकिने बैंकको भनाइ छ ।
प्रतिक्रिया 4