१९ जेठ, काठमाडौँ । ए डिभिजन क्लब थ्रीस्टारका मिडफिल्डर मनग्य नकर्मी भारतीय क्लब खिदिरपुर स्पोर्टिङ क्लबमा अनुबन्धित भएका छन् ।
कोलकाता फुटबल लिगमा खेल्ने क्लबले मंगलबार मनग्यलाई अनुबन्ध गरेकाे जनाएकाे छ । मनग्य क्लबसँग सिजनको अन्त्यसम्मका लागि अनुबन्ध भएका हुन् ।
नेपाल यू-१६ टिमका सदस्य रहिसकेका उनी सन् २०१८ मा उनी थ्रीस्टारमा आबद्ध भएका थिए ।
उनले एक वर्षपछि ए डिभिजन लपगमा डेब्यु गरे । यस्तै उनले काठमाडौंमा भएको चौथो संस्करणको यू-१५ साफ च्याम्पियनसिपमा पनि नेपालका लागि खेलिसकेका छन् ।
प्रतिक्रिया 4