+

स्पेनिस मिडफिल्डर माटाले म्यानचेस्टर युनाइटेड छाडे

२०७९ जेठ  १९ गते १७:३९ २०७९ जेठ १९ गते १७:३९
स्पेनिस मिडफिल्डर माटाले म्यानचेस्टर युनाइटेड छाडे

१९ जेठ, काठमाडौं । जुआन माटाले सम्झौता सकिएसँगै फ्रि ट्रान्सफरबाट अर्को महिनादेखि म्यानचेस्टर युनाइटेड छाड्ने भएका छन् ।

सन् २०१० मा स्पेनका लागि विश्वकप जितेका ३४ वर्षीय मिडफिल्डर माटा सन् २०१४ मा क्लब कीर्तिमानी ३७.१ मिलियन पाउण्डमा चेल्सीबाट ओल्ड ट्राफोट पुगेका थिए ।

युनााइटेडका लागि २८५ खेलमा ५१ गोल गरेका उनले प्रिमियर लिगको पछिल्लो सिजन ७ खेलमात्र खेलेका थिए ।

क्लबले बुधबारमात्र पाउल पोग्वाले युनाइटेड छाड्न लागेको घोषणा गरेको थियो ।

‘युनाइटेडमा ८ वर्षको करिअर समर्पित गरेकोमा जुआनलाई धन्यबाद,’ युनाइटेडको वक्तव्यमा भनिएको छ, ‘क्लबका सबैजना तपाईको आगामी भविष्यका लागि शुभकामना दिन्छौं ।’

माटाले गत वर्षको जुलाइमा युनाइटेडसँगको सम्झौता १ वर्ष थपेका थिए । उनले युनाइटेडमा रहँदा सन् २०१६ मा एफए कप र कम्युनिटी शिल्ड तथा सन् २०१६÷१७ को सुपर कप र युरोपा लिगको उपाधि जितेका थिए ।

म्यानचेस्टर युनाइटेड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय