
१९ जेठ, काठमाडौं । भारतको गुजरातमा भएको पाटीदार आन्दोलनबाट चर्चामा आएका युवा नेता हार्दिक पटेल भारतीय जनता पार्टी विजेपी प्रवेश गरेका छन् ।
नरेन्द्र मोदी, अमित साह र जेपी नड्डाको नेतृत्वमा राष्ट्रहित, प्रदेशहित, जनहित एवं समाजहितको काम गर्न विजेपी प्रवेश गरेको उनले बताएका छन् ।
गुजरातमा भएको पाटीदार आन्दोलनको नेतृत्व गरेका उनी त्यसपछि लोकप्रिय थिए ।
सन् २०१९ मा कंग्रेस आई प्रवेश गरेका उनले केहि दिनअघि अध्यक्ष सोनिया गान्धीलाई पत्र लेख्दै पार्टी छाडेका थिए ।
पाटीदार आन्दोनलमा पटेल भारतीय जनता पार्टी र उसका नेताप्रति आक्रामक थिए । उनले प्रधानमन्त्री नरेन्द्र मोदीसहितका विजेपीका नेताहरुप्रति कडा आलोचना गर्थे ।
आन्दोलनपछि चर्चित बनेको बेला पटेलको एउटा यौन सम्बन्धी भिडियो सार्वजनिक भएको थियो । आफूर्लाइ फसाउनका लागि विजेपी समर्थकले त्यो भिडियो बनाएको आरोप पटेलले लगाएका थिए ।
– भारतीय सञ्चार माध्यमको सहयोगमा
प्रतिक्रिया 4