
२० जेठ, काठमाडौं । काठमाडौंको बालाजुमा स्कुटर दुर्घटना हुँदा २ जना घाइते भएका छन् । बागमती प्रदेश ०२–१९ प २३६४ नम्बरको स्कुटर गएराति पौने १२ बजे दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् ।
घाइते हुनेमा स्कुटर चालक तारकेश्वर नगरपालिका ४ शेषमति बस्ने २९ वर्षीय मान बहादुर गुरुङ र पछाडि सवार नुवाकोट घर भई हाल तारकेश्वर नगरपालिका १ बस्ने ३० वर्षीय राजु तामाङ रहेका प्रहरीले जनाएको छ ।
घाइतेमध्ये तामाङको अवस्था गम्भीर छ । उनको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ ।
गुरुङको भने बालाजुस्थित जनमैत्री अस्पतालमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4