
२० जेठ, काठमाडौं । नेकपा एमालेले नेपालका अर्थमन्त्री जनार्दन शर्मा हुन् वा जनार्दन शर्मा प्रभाकर हुन् भनी प्रश्न उठाएको छ ।
प्रधानमन्त्रीले अर्थमन्त्री नियुक्त गर्दा जनार्दन शर्मालाई नियुक्त गरेको तर बजेट पेश गर्दा जनार्दन शर्मा प्रभाकरले पेश गरेको भन्दै एमाले सांसद कृष्णभक्त पोखरेलले प्रतिनिधिसभा नियमावलीको नियम २६ बमोजिम नियमापत्ति गरेका थिए ।
‘प्रधानमन्त्रीले एउटा व्यक्ति नियुक्ति गर्ने बजेट अर्को व्यक्तिले प्रस्तुत गर्न मिल्छ र सम्माननीयजी’ उनले प्रश्न गरे, ‘… इतिहासविद्ले भोलि अध्ययन गर्दा के होला ? हामी कस्तो प्रणालीमा जाँदैछौं ?’
सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मा नै भएको स्पष्ट पारे । ‘मैले अनुमति दिने क्रममा माननीय अर्थमन्त्री श्री जनार्दन शर्मा भनेको छु, त्यही नै आधिकारिक, औपचारिक र संस्थागत हो’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4