
काठमाडौं । शौर्य सिमेन्टले आफ्नो उद्योग परिसर भित्र वृक्षारोपण गरेको छ । बिक्रेता, कर्मचारी लगायतको सहभागितामा १३ जेठमा उद्योग परिसरभित्र वृक्षारोपण गरिएको उद्योगले जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख छ ।
उद्योगका अनुसार आँप, लिची, अम्बा , कागती, नरिवल लगायतका बिरुवा रोपिएको हो । बिक्रेता र कर्मचारीको नाम अंकित नेमप्लेट राखेर बिरुवा रोपिएको उद्योगको भनाइ छ ।
शौर्य सिमेन्टका ब्रान्ड म्यानेजर अनुज महतले उद्योग परिसरको वातावरणलाई स्वछ राख्नका लागि बिरुवा रोप्ने काम भएको बताए ।
बढ्दो प्रदूषणलाई मध्यनजर राखेर, आफ्नो क्षेत्रलाई प्रदूषणरहित र हरियाली युक्त बनाउन वृक्ष रोपण कार्यक्रम आयोजना गरिएको उद्योगले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4