+

चर्च ब्वाइज क्वार्टरफाइनलमा प्रवेश

२०७९ जेठ  २० गते २०:०८ २०७९ जेठ २० गते २०:०८
चर्च ब्वाइज क्वार्टरफाइनलमा प्रवेश

२० जेठ, मकवानपुर । हेटौंडामा सञ्चालन भैरहेको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकपमा चर्च ब्वाइज क्लव क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको खेलमा बीएफसी भरतपुरलाई ३-० गोल अन्तरले हराउँदै चर्च ब्वाइजले क्वार्टरफाइनलमा स्थान बनाएको हो ।

पहिलो हाफ गोलरहित भएको अवस्थामा निकै सुधारिएको खेल प्रश्तुत गर्दै चर्च ब्वाइजले दोस्रो हाफको तेस्रो मिनेटमै आशिष चौधरीको गोल मार्फत खाता खोलेको थियो ।

खेलको ५७ औं मिनेटमा हेमन्त थापा मगरले अग्रता दोब्बर बनाए । ७७ औं मिनेटमा चौधरीले नै टिमको लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरे । खेलको म्यान अफ द म्याच चर्च ब्वाइजका आशिष चौधरी घोषित भए ।

उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । जारी प्रतियोगितामा शनिबार नेपाल एपीएफ क्लव र फ्रेण्ड्स क्लवको बीचमा खेल हुनेछ । यही जेठ ३० गतेसम्म सञ्चालन हुने मकवानपुर गोल्डकपमा १२ क्लवको सहभागिता रहेको छ ।

प्रतियोगितालाई जिल्लाको १० वटै पालिकाले आर्थिक सहयोग गरेको छ । प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।

यस्तै सर्वोत्कृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा नव जनजागृति क्लव सिमरा, बागमती क्लव सर्लाही, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको (एपीएफ) क्लब, मनाङ मस्र्याङ्दी क्लब, फ्रेण्डस्, खुमलटार युथ क्लब, विजय युथ क्लब हेटौंडा, बीएफसी चितवन, चर्चब्वाइज क्लब र क्यामरुनको एभिनियर एफसी सहभागी छन् ।

प्रतियोगितामा करिब १ करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

चर्च ब्वाइज शहीद स्मृति मकवानपुर गोल्डकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय