
सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी र मधेश प्रदेश प्रमुख हरिशंकर मिश्र ।
२२ जेठ, काठमाडौं । सुदूरपश्चिम र मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ ।
आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम ल्याउन दुवै प्रदेश सभाको बैठक आज अपराह्न चार बजे आह्वान गरिएको छ ।
मधेश प्रदेशको नीति तथा कार्यक्रम प्रदेश प्रमुख हरिशंकर मिश्रले तथा सुदूरपश्चिम प्रदेश सभाको नीति तथा कार्यक्रम प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभामा प्रस्तुत गर्ने कार्यक्रम छ ।
दुवै प्रदेश सरकारले नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेका छन् । नीति तथा कार्यक्रमको आधारमा नै बजेट ल्याउने गरिन्छ । प्रदेश सरकारले हरेक वर्ष असार १ गते बजेट प्रस्तुत गर्ने व्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4