
काठमाडौं । एसियन पेन्ट्सले ‘कलर नेक्स्ट-२०२२’ आयोजना गरेको छ । जीवनमा खुशियाली ल्याउने डिजाइन र सजावटसम्बन्धी एक उत्सवको रुपमा कम्पनीले शुक्रबार हयात रिजेन्सी होटलमा कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा चर्चित आर्किटेक्ट तथा इन्टेरियर डिजाइनरहरूको सहभागिता रहेको थियो । साथै सोसाइटी अफ नेपालिज् आर्किटेक्ट्स र इन्टेरियर डिजाइनर एसोसिएसन नेपालको पनि सहभागिता रहेको थियो ।
विश्वव्यापी, सामाजिक–सांस्कृतिक तथा वातावरणीय प्रवृत्तिहरूको अध्ययन गरेर डिजाइनको दिशानिर्देश हासिल गर्न योगदान पुर्याउने उदेश्यले कम्पनीले वार्षिक रुपमा यस्तो कार्यक्रम आयोजना गर्दै आइरहेको कम्पनीको भनाइ छ ।
कार्यक्रममा सहभागीहरूले डिजाइन उद्योगमा प्रासंगिकतायुक्त फरक ट्रेन्डहरू पत्ता लगाउन विशेषज्ञ अन्तर्वार्ता, संयुक्त कार्यशालाहरूका साथै अनुसन्धानमार्फत छ ६ महिना कडा अनुसन्धान गर्नुपर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया 4