
काठमाडौं । युवा पुस्तामाझ रुचाइएका नेपाली संगीतकर्मीले अस्ट्रेलियाको सिड्नीमा आयोजना हुने कन्सर्टमा प्रस्तुति दिने भएका छन् ।
नेपाली टच एक्सपर्ट एजुकेसनको प्रस्तुतिमा आयोजना हुन लागेको ‘नाइट इन्फिनिटी’ शीर्षकको कार्यक्रममा नेपाली गायकहरु स्वप्न सुमन, ओएसिस थापा, एकदेव लिम्बू र छेवाङ लामाले आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्दैछन् ।
अभिनेत्री ज्योत्सना योगीसँग गत महिना विवाह गरेका गायक सुमनले अन्तर्राष्ट्रिय टुर थालेका हुन् ।
यही जुन ९ अर्थात् जेठ २६ गते बिहीबार सिड्नीको डार्लिङ हार्बरस्थित होम द भेन्युमा आयोजना हुने उक्त कन्सर्टको टिकट अनलाइनमार्फत लिन सकिने आयोजकले जनाएको छ ।
१८ वर्षभन्दा माथिका दर्शकले सहभागिता जनाउन सक्ने यो कार्यक्रम स्थानीय समय अनुसार राति ८ बजे सुरु हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4