+
+

कच्चा खाने तेलको भन्सार महसुल शून्य हुनुपर्छ : शेखर गोल्छा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २२ गते १६:५४
फाइल तस्वीर

२२ जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले वनस्पति घ्यू तेलको कच्चा पदार्थ आयातमा भन्सार महसुल शून्य बनाउनु पर्ने माग गरेका छन् ।

आइतबार नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले सरकारले ल्याएको बजेट नीतिले वनस्पति तेल उद्योग संकटमा पर्ने भन्दै यस्तो माग गरेका हुन् ।

कच्चा पदार्थ र तयारी अवस्थामा दुई तहकाे भन्सार महसुल हुनुपर्ने भन्दै उनले स्वदेशी उद्योग बचाउने गरी राज्यको प्राथमिकता हुनुपर्ने माग राखे ।

सरकारकाे बजेट नीतिले वनस्पति तेल उद्योग संकटमा पर्ने भन्दै उनले कच्चापदार्थ कुन उद्योगका लागि के भन्ने दाेधारकाे मारमा तेल उद्योग पर्न गएको बताए ।

उनले भने, ‘भारतकाे नीतिले कच्चापदार्थ भन्दा तयारी वस्तु सस्तो पर्ने भयो । अब सरकारले तत्काल पहल नगरे नेपाली उद्योगहरु बन्द हुने अवस्थामा पुग्न सक्छन् । सरकारले बजेट नीति सच्याउने मात्रै हाेइन, वनस्पति घ्यू तेलको कच्चा पदार्थको भन्सार महसुल शून्य हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?