
काठमाडौं । लक्ष्मी बैंकले ग्रीन बचत खाता पुनः सञ्चालनमा ल्याएको छ । ५०औं विश्व वातावरण दिवसको अवसर पारेर बैंकले वातावरण मैत्री हरित बचत खाता ‘ग्रीन सेभिङ’ पुनः सञ्चालनमा ल्याएको हो ।
अनलाइन खाता खोल्ने सेवा, भिडियो–केवाईसी र डिजिटल बैंकिङ जस्ता सेवाहरुको सम्मिश्रनले सो खाता पूर्णरूपमा कागजविहीन रहेको बैंकले जनाएको छ । यस खातामा ग्राहकहरुले ८.०३ प्रतिशतको उच्चतम ब्याजदर मात्र नभई ग्रीन बैंकिङ प्याकेज (मोबाइल मनी र इन्टरनेट बैंकिङ) निःशुल्क प्राप्त गर्न सक्नुहुनेछ ।
लक्ष्मी बैंकको ‘एक खाता, एक रुख’ को प्रतिबद्धता अनुरुप ‘गो ग्रीन’ अभियानमा सहयोग पुग्ने गरी प्रत्यक्ष ग्रीन सेभिङ खाता वापत बैंकले एउटा रुख रोप्ने छ ।
ग्रीन सेभिङ खाताबाट संकलन हुने निक्षेपबाट नवीकरणीय ऊर्जा, हरित यातायात, दिगो खाद्य, कृषि, वन, फोहोर व्यवस्थापन र हरितगृह ग्यास न्यूनीकरण लगायत दिगो विकास लक्ष्यहरू अन्तर्गत पर्ने क्षेत्रहरू र गतिविधिहरूमा कर्जा प्रवाह गर्न उपयोग गरिने बैंकले जनाएको छ। बैंकले आफ्नो ’ओरेन्ज लभ्स ग्रीन’ को दिगो प्रतिबद्धतालाई निरन्तरता दिने भएको छ ।
यस प्रतिबद्धता अन्तर्गत बैंकले पीक्याफ (कार्बन एकाउन्टिङ फाइनान्सियलका लागि पार्टनरसिप) मा पनि सामेल भएको छ । सो साझेदारी मार्फत बैंकले औपचारिक रूपमा (क) आफ्नो कार्बन उत्सर्जन मापन गर्ने र (ख) राष्ट्रिय प्रतिबद्धतासँग मिल्दोजुल्दो लक्ष्य र नीतिहरू उपनाउने छ जसले बैंकको नेट–जिरो यात्रा अघि बढ्ने बैंकको भनाइ छ ।
प्रतिक्रिया 4