
काठमाडौं । नेपाल बैंक लिमिटेले गण्डकी र सुदूरपश्चिम प्रदेश स्तरीय बैंकको बजेट गोष्ठी तथा तालिम सम्पन्न गरेको छ ।
बैंकले आगामी आव २०७९/८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले गोष्ठी तथा तालिम आयोजना गरिएको बैंकले जनाएको छ ।
गोष्ठी १९–२१ जेठसम्म चितवनको सौराहामा सम्पन्न भएको हो । गोष्ठीमा नेपाल बैंक व्यवस्थापन, गण्डकी र सुदूरपश्चिम प्रादेशिक कार्यालय र सो अन्तर्गतका शाखाका ४५ जना शाखा प्रबन्धकहरुको सहभागिता रहेको थियो ।
गोष्ठीमा सहभागी शाखा प्रबन्धकहरुलाई सफ्ट स्किल डेभलेपमेन्ट सम्बन्धी तालिम समेत प्रदान गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4