+
+

उद्योगमा विद्युत् काटिने समयस्या समाधान गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २२ गते १७:०४
फाइल तस्वीर

२२ जेठ, वीरगञ्ज । वीरगञ्जका उद्योगी व्यवसायीहरुले विद्युत् काटिने समस्याले आफूहरु मर्कामा परेको गुनासो गरेका छन् । औद्योगिक प्रसारण लाइनमा जोडिएका उद्योगहरुमा दिनहुँ झण्डै ८–१० पटक विद्युत् गइरहने उनीहरुले गुनासो गरेका छन् ।

औद्योगिक कोरिडोरमा रहेका उद्योगमा देखिएको विद्युत् ‘ट्रिपिङ’को समस्या समाधान गर्न वीरगञ्ज उद्योग वाणिज्य संघले माग गरेको छ ।

संघका अध्यक्ष सुवोध गुप्ताले विज्ञप्ति जारी गर्दै विद्युत् ‘ट्रिपिङ’ले गर्दा उद्योग व्यवसायी पुनः हतास हुन पुगेको बताएका छन् । सरोकारवाला निकायले यस्ता समस्यालाई निराकरण गरी गुणस्तरीय विद्युत् आपूर्तिका साथै निर्वाध विद्युत् उपलब्ध गराउनु पर्ने उनको माग छ ।

हेर्नुहोस् विज्ञप्तिः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?