+

वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट

२०७९ जेठ  २३ गते ६:४४ २०७९ जेठ २३ गते ६:४४
वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट

२३ जेठ, काठमाडौं । वेल्स ६४ वर्षपछि फिफा विश्वकपका लागि छनोट भएको छ । आइतबार राति भएको प्लेअफमा युक्रेनलाई पराजित गर्दै वेल्स विश्वकपका लागि छनोट भएको हो ।

सन् १९५८पछि वेल्स विश्वकपमा छनोट हुन सकेको थिएन । प्लेअफमा युक्रेनलाई १-० गोलले पराजित गरेपछि वेल्स लामो प्रतीक्षापछि विश्वकपमा स्थान बनाएको हो ।

वेल्सका लागि कप्तान गेराथ बेलले फ्रिकिकमार्फत गोल गरेका हुन् । यो गोल नै वेल्सलाई विश्वकप पुर्‍याउन काफी भयो ।

वेल्स ६४ वर्षपछि विश्वकप पुग्न सफल भएसँग युक्रेनको विश्वकप खेल्ने प्रयास भने असफल भएको छ । रुस-युक्रेन युद्धका कारण यी खेलहरू केही ढिला भएका थिए । देशमा युद्धको सामना गरिरहेको युक्रेन छनोटको अन्तिम चरणमा पुगे पनि सफल भएन ।

विश्वकपमा छनोट भएको वेल्स इंग्ल्याड रहेको समूह बीमा परेको छ । यो समूहमा इंग्ल्याण्डसहित अमेरिका र इरान रहेका छन् ।

फिफा विश्वकप वेल्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय