
२३ जेठ, काठमाडौं । रोटरी क्लब अफ बानेश्वरले काठमाडौंको मूलपानीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
कागेश्वर मनोहरा-७ स्थित आनन्द भैरव माध्यमिक विद्यालयमा आइतबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको क्लबका अध्यक्ष महेन्द्रराज भुसालले बताए ।
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा ३० जना स्वास्थ्यकर्मीको टिमले ५१९ जना बिरामीको स्वास्थ्य परीक्षण गरेको थियो ।
जसमा सामान्य चिकित्सा, नाक कान घाँटी, छाला, प्रसूति, मुटुरोग, जनरल सर्जरी, बालरोग, नसा तथा हाडजोर्नी, आँखा, दाँतसम्बन्धी रोगको परीक्षण गरिएको भुसालले जानकारी दिए । परीक्षणको क्रममा स्वास्थ्य समस्या देखिएका व्यक्तिलाई केमसी अस्पतालमा उपचारका लागि रिफर गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4