
२४ जेठ, काठमाडौं । सरकारले यौन हिंसाबाट बच्ने, बचाउने र यस्ता अपराध गर्दा हुने सजायलाई पाठ्यपुस्तकमा समावेश गर्ने प्रतिवद्धता जनाएको छ ।
प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सांसदहरुले बाँकेमा भएको सामूहिक बलात्कारबारे प्रश्न उठाएका थिए । त्यसको जवाफ दिने क्रममा गृहमन्त्री बालकृष्ण खाँणले घटनामा संलग्न ७ जना पक्राउ परेको र हदैसम्म कारबाही गर्ने बताए ।
घटनामा १६÷१७ वर्षका पुरुष समेत संलग्न भएको पाइएको भन्दै गृहमन्त्री खाँणले भने, ‘यौन हिंसाबाट बच्ने बचाउने र गरिए हुने सजायबारे जानकारी दिने सामग्री पाठ्यक्रममा राख्नुपर्ने माननीयहरुको मागप्रति सकारात्मक छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4