
काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘चिसो मान्छे’ले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ । रिलिज हुन दुई साता बाँकी रहँदा फिल्म सेन्सर पास भएको हो ।
‘यू’ सर्टिफिकेट पाएसँगै ‘चिसो मान्छे’लाई सबै उमेरका दर्शकले हेर्न सक्नेछन् । फिल्मबारे सेन्सर बोर्डका कर्मचारीबाट प्रातिक्रियाले आफूहरु उत्साहित भएको निर्देशक खनालले बताए । आगामी असार ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म दर्शकमाझ प्रतीक्षित छ ।
वैदेशिक रोजगारीको पीडा र कर्णालीको कथा भन्ने यो फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा र देशभक्त खनालको मुख्य भूमिका रहेको छ । फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4