
२४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल घरको चार तलामाथिबाट खस्दा गम्भीर घाइते भएकी छन् ।
काठमाडौंको बनस्थलीस्थित घरको चौथो तलाबाट सोमबार बिहान लडेर पोखरेल गम्भीर घाइते भएकी हुन् । उनको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
अस्पतालका निर्देशक डा. प्रमोद जोशीका अनुसार अहिले सघन उपचार कक्षमा (आइसीयू) मा उपचार भइरहेको छ ।
सुरुमा उनलाई सोमबार बिहान मनमोहन अस्पताल लगिएको थियो । ‘उहाँ आउँदा पुरै बेहोस अवस्थामा हुनुहुन्थ्यो । पहिला हामीले जीवन रक्षा गर्ने बाटोमा राख्यौं,’ डा. जोशीले अनलाइखबरसँग भने,’ हातको नसाबाट औषधि दिन मिल्ने अवस्था थिएन । घाँटीबाट नशा खोलेर औषधि दिनुपरेको थियो ।’
डा. जोशीका अनुसार उनको शरीरको धेरै ठाउँमा चोटपटक लागेको छ ।
‘मुखको दाँतका हर्डीहरु सबै भाँचिएका छन् । कम्मरका हड्डीहरु साथै हातखुट्टाका हड्डीहरु भाँचिएका छन्,’ डा. जोशीले भने ।
अहिले घाइते पोखरेलको होस आइसकेको छ । उनको उपचारमा डा. जोशीको नेतृत्वको टिमले उपचार गरिरहेको छ ।
प्रतिक्रिया 4