२४ जेठ, काठमाडौं । टिमका उपकप्तान जेम्स मिलनरले लिभरपुलसँगको सम्झौता एक वर्ष थपेका छन् । उनी लिभरपुलमा आठौं सिजनका लागि तयारी गर्दैछन् ।
३६ वर्षीय इंग्लिस मिडफिल्डर मिलनर सन् २०१५ मा फ्रि ट्रान्सफरमार्फत म्यानचेस्टर सिटीबाट लिभरपुल पुगेका थिए ।
उनले अहिलेसम्म लिभरपुलका लागि २८९ खेलमा ६ उपाधि जितेका छन् । जसमा प्रिमियर लिग, च्यामिपयन्स लिग, लिग कप र एफए कप सामेल छ ।
एनफिल्डमा रहिरनका लागि मिलनरले यसअघि पाउँदै आएको सेवा सुविधाको तुलनामा कम रकममा सम्झौता गरेको बताइएको छ ।
‘म अर्को एक सिजनका लागि यहाँ रहन पाउँदा खुसी छु,’ मिलनरले भनेका छन्, ‘यो क्लबका लागि खेल्न पाउनुलाई मैले कहिल्यै हल्का रुपमा लिइनँ र लिने पनि छैन ।’
प्रतिक्रिया 4