+
+

हात्तीसारस्थित एक रेष्टुरेन्टमा युवती बलात्कृत, वेटर पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २४ गते २०:०४

२४ जेठ, काठमाडौं । हात्तीसारस्थित नेपाल हाउस रेष्टुरेन्टमा एक जना युवती बलात्कार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रेष्टुरेन्टका वेटर दोलखाको तामाकोशी गाउँपालिका–६ घर भएका २० वर्षीय जीवन फुयाँल खत्री छन् ।

पीडितले दिएको जाहेरीका आधारमा फुयाँललाई पक्राउ गरेर अनुसन्धान थालिएको काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए । उनका अनुसार घटना चार दिनअघिको हो ।

रेष्टुरेन्टमा इन्टर्नसिप गरिरहेकी उनीमाथि बलात्कार भएको सूचना प्रहरीले सोमबार राति साढे ११ बजे पाएको थियो । त्यसपछि प्रहरी वृत्त, दरबारमार्गबाट टोली खटिएर अनुसन्धान सुरु गरेको थियो ।

‘तत्काल पीडितलाई आवश्यक संरक्षणमा लिएर विस्तृत स्वास्थ्य परीक्षणलगायतको कार्य गरेका थियौं’ मैनाली भन्छन्, ‘अहिले पीडकविरुद्ध जबर्जस्ती करणीसम्बन्धी कसूरमा अदालतबाट ७ दिन म्याद थप गरेर अनुसन्धान गरिरहेका छौं ।’

प्रहरीका अनुसार घटना भएको दिन रेष्टुरेन्ट सञ्चालकको पार्टी चलिरहेको थियो । फुयाँलले पीडितको ‘कोल्ड ड्रिङ्कस’मा मदिरा मिसाएर खुवाएर लठ्ठाएर जबरजस्ती करणी गरेको अभियोग छ । थप अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?